केयुको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उनलाई नियुक्त गरेका हुन् ।

 

उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले प्राडा रामकण्ठ माकजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सो कमिटिमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना रहेका थिए ।

 

समितिले गरेको सिफारिस अनुसार नै कुलपति तथा प्रधानमन्त्रीले प्राडा थापालाई उपकुलपतिमा नियुक्ति दिएको सर्च कमिटिका सदस्य तथा सो विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेसराज शर्माले जानकारी दिए । प्राडा थापा सोही विश्वविद्यालयका रजिष्ट्रार थिए ।