कोरोना भाइरस : विश्वभर ४ लाख ३९ हजार बढीको मृत्यु

एजेन्सी – गतवर्ष डिसेम्बरदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४०० बढीको मृत्यु भएको छ । एकै दिन १ लाख २४ हजार ५८१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८१ लाख १२ हजार ६११ पुगेको छ ।

संक्रमित ३४ लाख ६० हजार ३४८ जनाको उपचार भइरहेको छ भने ४२ लाख १३ हजार २१२ जना उपचारपछि
निको भएका छन् ।