दिनभर पानी पर्ने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विहीबारसम्म वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार मुलुकका धेरै ठाउँमा सोमबार राति नै वर्षा भइरहेको छ भने आज दिनभर वर्षाको सम्भावना छ।नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । साथै प्रदेश १, प्रदेश २ ,वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ रहेको हुँदा ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।