थप ३२ जनामा संक्रमण पुष्टि, संक्रमित ५४८ पुगे

काठमाडौँ – नेपालमा आज बिहान थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सर्लाहीमा १३, कपिलवस्तुमा र रुपन्देही ८र८ जना, बारा, काठमाडौं र चितवनमा एक एक जना गरी ३२ जना संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको पिसिआर परिक्षणमा कपिलवस्तु निवासी १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुषहरु तथा २७ वर्षीय महिला,  सर्लाही निवासी १८, २०, २०, २०, २१, २२, २३, २६, २८, ३३, ३५, ३५ बर्षीय पुरुषहरु तथा बारा निवासी ३७ बर्षीय महिला, काठमाडौँ निवासी ३५ बर्षीय पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको पिसिआर परिक्षणमा रुपन्देही निवासी २०, २०, २४, २४, २७, ३०, ३०, ५५ बर्षीय पुरुषहरु तथा भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको पिसिआर परिक्षणमा चितवन निवासी ५२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।