अवतरण गर्नै लाग्दा पाकिस्तानमा विमान दुर्घटना

एजेन्सी –  पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।विमानमा ९९ जना यात्रु र आठ  चालक दलका सदस्य रहेको बताइएको छ ।

अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

पाकिस्तान सेनाका अनुसार उस्को दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका छन्।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।