अस्पतालले भन्यो : मृत्यु भएको छैन

काठमाडौँ – रुपन्देहीमा उपचाररत कोरोना भाइरस संक्रमितको अवस्था स्थिर रहेको क्रिमसन अस्पतालले जनाएको छ।

अस्पतालले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै विरामीको मृत्यु नभएको भन्दै गलत र भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको जनाएको छ।

चिकित्सकको टोलीले उनमा मल्टी अर्गन डिसफङ्सन सेन्ड्रम भइ उपचार अगाडि बढाउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाएको छ। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लागेपछि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।

भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ।