कालिमाटीमा दुई प्रहरीमा कोरोना संक्रमण, डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखियो

काठमाडौँ -महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुईजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा मङ्गलबार एक जना सइ र एक जवानमा कोरोना सङ्क्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

लकडाउन कार्यान्वयन गराउन उनीहरु नियमित जसो फिल्डमा खटिने गरेका थिए। उनीहरु दुवैजनामा कोरोना संक्रमण देखिएपछि प्रहरीले अहिले वृत्त सिल गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले जानकारी दिए ।

दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।