सोलुखुम्बुमा आयोजित कार्यक्रममा झडप,दर्जन मोटरसाइकल जले

सोलुखुम्बुको तिङ्लामा दर्जनौ मोटरसाइकल जलाईएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ स्थित एक कार्यक्रममा झडप हुदा दर्जन बढी मोटरसाईकल जलाईएको हो । सोलुखुम्बुमा नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनको उद्घाटन कार्यक्रममा झडप भएको हो । उद्घाटन कार्यक्रमको बिरोध गर्दै तिङ्लाका स्थानियले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगजानी गरेका हुन । सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई सुरबिरले उद्घाटन गर्ने उक्त कार्यक्रमलाई सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बिरोध गरेका थिए । मोटरसाईकल जलाउने र झडपको स्थितिमा कार्यक्रमलाई पुर्याउने काम मेयरकै ईसारामा भएको जनाईएको छ । झडपमा केहि मानिसहरु घाईते भएको पनि बताईएको छ । तर थप बिबरण भने आउन बाकी रहेको छ ।