खुल्लापाटी खुल्ला बहस : परीक्षा, तनाव कि मुल्याङकन ? आज हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने खुल्लापाटी खुल्ला बहस अन्तर्गत आज स्थगित गरिएका एसइई लगायतका परीक्षाबारे बहस हुँदैछ ।

आजको बहसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) सह–अध्यक्ष एवं रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुगाना सहभागी हुँदैछन् । बहस दिउँसो १ बजेपछि सुरु हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/