नेपालमा कति पुगे कोरोना संक्रमित, यस्तो आयो पछिल्लो तथ्याङक

काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । कपिलवस्तुका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित एक सय कटेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १६ र १८ वर्षका २ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।