संस्थागत विद्यालय सञ्चालकहरु आन्तरिक रणनीतिमा

काठमाडौँ – कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा पनि परेको असर र आगामी दिनमा गर्नुपर्ने कार्यबारे संस्थागत विद्यालय सञ्चालकहरु आन्तरिक रणनीति तय गर्न जुटेका छन् । विहीबारबाट प्याब्सन, एन–प्याब्सन, हिसान लगायतका संगठनका अधिकारीहरु छलफलमा जुटेका हुन् ।

कोभिड–१९ ले सर्वत्र आक्रान्त भैरहेका बेला शैक्षिक क्षेत्रमा परेको असरबारे सामुहिक धारणा तय गर्ने र आगामी दिनमा के कसरी जाने भन्नेबारे छलफलमा जुटेको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खुल्लापाटीलाई जानकारी दिए ।

उनले भने –‘विद्यार्थी कसरी ईँगेज गराउने, आगामी दिनमा के गर्ने भन्नेबारे छलफलमा जुटेका हौँ ।आज पनि छलफल हुँदैछ । हामी सामुहिक धारणा बनाउँदैछौँ ।’

आज दिउँसो सामुहिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।

 

तस्वीरहरु : एन प्याब्सन महासचिव सुवास न्यौपानेको फेसबुकबाट