कोरोना भाइरस : २४ घण्टामा ५ हजार बढीले गुमाए ज्यान

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्रै ५ हजार बढीले ज्यान गुमाएका छन् । भाइरसका कारणज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ७०९् पुगेको छ ।जसमा २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको हो।

३९ लाख १६ हजार २४४ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १३ लाख ४१ हजार २३९ जना उपचारपछि निको भएका छन् ।

बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।