२४ घण्टामा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८८५ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोनाबाट कुल संक्रमितहरुको संख्या ३४ हजार ४१८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ३८५ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।