विदेशमा विद्यार्थीको अवस्था र कोरोनापछिको चुनौतीबारे आज बहस हुने

काठमाडौँ – खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला शैक्षिक बहस अन्तर्गत आज विदेशमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाबारे बहस हुँदैछ ।

आजको बहसमा विदेशमा अध्ययनका लागि पठाएका शैक्षिक संस्थाहरुले गरेको समन्वय र सहयोगबारे पनि छलफल हुनेछ । बहसमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनबाट युवराज कट्वाल सहभागी हुँदैछन् ।

त्यसैगरी अमेरीकाबाट पत्रकार अमित अधिकारी, अष्ट्रेलियाबाट पत्रकार सरल गुरुङ र बंगलादेशमा मेडिकल साइन्स अध्ययनको अन्तिम चरणमा पुगेका विद्यार्थी सरोज शाह सहभागी हुँदैछन् ।

बहस दिउँसो १ बजेपछि सुरु हुनेछ ।

खुल्लापाटीले लकडाउनको समयमा घरमैँ रहनुभएका अभिभावक, बालबालिका, शैक्षिक, खेलकुद क्षेत्रका सरोकारवालाहरुलाई विभिन्न क्षेत्रका विषयगत विज्ञमार्फत जानकारी गराउने उद्देश्यले खुल्ला बहस सञ्चालन गर्ने गरेको छ । खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/