काठमाडौँ । पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएपछि आज देशभरको मौसम आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । आज केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसमविदले उल्लेख गरेका छन् ।
सोमबार दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य देखि पूर्ण बदली रहने छ । केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।