एकैदिन १६ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौँ – नेपालमा एकैदिन १६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जमा १५ र वीरगञ्जमा एक जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिएका थिए । साँझ थप ६ जनामा देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रवक्ता देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालगञ्जमा संक्रमण पुष्टि भएका १५ जना यसअघि शुक्रबार भेटिएका ६० वर्षीया कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेको व्यक्ति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ७५ पुगेको छ ।