थप ३६ जनामा कोरोना संक्रमण, संक्रमित ५८४ पुगे

काठमाडौँ – आज थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३६ जनामा संक्रमण भएको जानकारी दिनुभयो ।

संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जना छन् । सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाँकेमा २७ जना संक्रमित भएका छन् ।

आज थप ३६ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७० जना उपचारपछि निको भएका छन् भने तीन जनाको ज्यान गएको छ ।