एन्फाले राहतका लागि सहयोग गर्ने : अध्ययन गर्न समिति गठन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरसका कारण जिल्ला जिल्लामा समस्यामा परेकालाई सहयोग गर्न समिति गठन गरेको छ । एन्फाले स्वास्थ्य कमिटीका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा उत्तम कुमार भण्डारी र रुपेश अधिकारी छन् ।

समितिले विभिन्न डिभिजन क्लब, रेफ्री, खलाडीका संघ/संगठन लगायतलाई सहयोग आवश्यक पर्नेको जानकारी दिन आग्रह गरेको छ । ५ दिनभित्र समितिले रिपोर्ट पेश गर्ने गरी कार्यादेश दिएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

‘ यसले जिल्ला जिल्लामा मातहतका पदाधिकारी, खेलाडी, क्लब लगायत सबैको तथ्याङक संकलन गर्छ । त्यसपछि हामी छलपल गरेर सहयोग गर्छौ । ’ उनले बताए ।

कोरोना भाइरसका कारण फुटबल लगायतका गतिविधि ठप्प छन् ।