बाँकेमा संक्रमणबाट गएरात एक पुरुषको मृत्यु

काठमाडौँ – बाँकेमा कोरोना सङ्क्रमणबाट गए रात एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ वर्षीय पुरुषको गए रात साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै फोक्सोमा निमोनिया भएका ती पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार गरेर रेम्डीसिभिर चलाउँदा समेत स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि भदौ २० गते भेरी अस्पताल भर्ना भएका उनको २० गते नै स्वाब लिइएको थियो ।

२१ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।