रोटरी वागमतीबाट निःशुल्क माक्स वितरण

काठमाडौँ । रोटरी क्लब अफ वागमतीले विभिन्न संस्थालाई निःशुल्क माक्स वितरण गरेको छ । कोरोना भाइरसको समयमा सामाजिक दायित्वबोध गर्दै माक्स वितरण गरेको हो । रोटरी इन्टरनेसनल डिष्ट्रिक–३२९२ अन्तर्गत रोटरी क्लब अफ बाग्मतीले कोभिड–१९ को महामारीको समयमा तत्कालीन सहयोगको लागि सरकार तथा अन्य संस्थाहरूलाई माक्स निःशुल्क प्रदान गर्दै आएको छ ।

कोरोनाको महामारीको समयमा साबधानी अपनाउँदै सङ्क्रमण रोक्न सहयोग होस् भन्ने उद्देश्यले पन्ध्र हजार सर्जिकल माक्स र चार सय एन ९५ माक्स निशुल्क बितरण गरेको क्लबका अध्यक्ष दिनेश बज्राचार्यले जानकारी दिए ।

यसै क्रममा पाटन अस्पतालमा पाँच हजार सर्जिकल माक्स र एक सय पचहत्तर वटा एन ९५ माक्स हस्तान्तरण गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालमा पाँच सय सर्जिकल माक्स र पचास वटा एन ९५ माक्स हस्तान्तरण गरिएको उनले बताए ।

त्यसैगरी स्वास्थ सेवा विभागको महामारी शाखामा पाँच हजार सर्जिकल माक्स र एक सय पचहत्तर एन ९५ माक्स र भुल्मु गाऊँ पालिका लाई दुई हजार सर्जिकल माक्स हस्तान्तरण गरिएको क्लबले जनाएको छ । रोटरी क्लब अफ बाग्मतीले भुइचालो, आँधिबेरी लगायतका बिभिन्न आपतकालीन अबस्थामा सहयोग पुर्याउँदै आएको छ ।