थप एकमा कोरोना पुष्टि, संक्रमित ४९ पुगे

काठमाडौँ । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने १२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।