प्याब्सन नेपालगञ्जबाट कोरोना कोषमा १ लाख १० हजार सहयोग

बाँके । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नेपालगन्जले नेपालगन्ज उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एकमुष्ट १ लाख १० हजार सहयोग उपलब्ध गराएको छ ।

प्याव्सन नेपालगन्ज नगरका अध्यक्ष विकाश बज्राचार्यले नगरका प्रमुख डा. धवल शम्सेर राणालाई १ लाख १० हजारको चेक हस्तान्त्रण गरे । चेक हस्तान्त्रण कार्यक्रममा प्याव्सन बाँके जिल्ला उपाध्यक्ष मनोज गिरी, प्याव्सन नगर सल्लाहकार  ईश्वर पोखरेल र प्याव्सन जिल्ला सल्लाहकार कृष्ण जिसी लगायत उपस्थित थिए ।

प्याब्सनका विभिन्न जिल्ला कार्यसमितिले धमाधम सहयोग गर्दै आइरहेका छन् ।