प्रविधिमैत्री बन्दै विद्यालय : टिआइएले गर्यो अनलाइनमार्फत रिजल्ट सार्वजनिक

काठमाडौँ – राजधानीको हात्तीगौँडास्थित ठुङरम इन्टरनेशनल एकेडेमी -टिआइएले मंगलबार शैक्षिक सत्र २०७६ को अन्तिम परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । विद्यालयले अहिलेको विषम परिस्थितिलाई मध्यनजगर गर्दै नजिता विद्यालयको वेभसाइटमार्फत प्रकाशित गरेको हो ।

अन्तिम परीक्षामा सामेल भएका कक्षा नर्सरीदेखि ९ सम्मका ६ सय ७७ जना अर्थात सबै विद्यार्थी माथिल्लो कक्षाका लागि उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।  विद्यालयको रिजल्ट  www.tia.edu.np मा हेर्न सकिनेछ ।

टिआइएका सहायक प्राचार्य एसपी खतिवडाले खुल्लापाटीलाई भने –‘हामीले आज रिजल्ट अनलाइनमार्फत सार्वजनिक गर्यौ  ।  हाम्रो वेभसाइटमार्फत रिजल्ट हेर्न सकिन्छ । हामीले अभिभावकलाई लिंक र पासवर्ड पठाएका छौँ ।’

विद्यालयले उपलब्ध गराएको पासवर्डका आधारमा विद्यार्थी तथा अभिभावकले विद्यालयको वेभसाइट मा गएर नजिता हेर्न सक्ने विद्यालयले जनाएको छ । उत्तीर्ण सबै विद्यार्थीहरुले विद्यालयले वेभसाइटमैँ उपलब्ध गराएको online class registration form भरी माथिल्लो अनलाइन कक्षामा सामेल हुन सक्ने विद्यालयले जनाएको छ ।

कोभिड( १९ का कारण विश्व नै आक्रान्त बनेको यस विषय परिस्थितिमा आफ्ना विद्यार्थीलाई आफूले प्राप्त गर्ने शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर वैशाख २१ गतेदेखि कक्षा नर्सरी देखि नै निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको सहायक प्राचार्य खतिवडाले बताए ।

एसइईमा सामेल हुने विद्यार्थीहरुका लागि भने अनलाइन कक्षा सुरु भैसकेको विद्यालयका सम्पर्क अधिकृत सन्तोष भट्टराईले खुल्लापाटीलाई जानकारी दिए ।

विद्यालयले भर्नाबारे भने सरकारको निर्णयपछि थप जानकारी गराउने जनाएको छ । यसका लागि विद्यालयको वेभसाइट मा हेर्न उसले सूचित गरेको छ ।