जापानको चिकित्सा प्रणाली धराशायी हुनसक्ने चेतावनी

एजेन्सी । कोरोना भाइरस महामारीका कारण जापानको चिकित्सा प्रणाली धरासायी हुनसक्ने जपानका चिकित्सकहरुले चेतावनी दिएका छन् ।

कोरोना भाइरस संक्रमित बिरामीका कारण अस्पतालमा थप बोझ थपिएको र जटिल स्वास्थ्य समस्या भएका बिरामीले आकस्मिक कक्षमा उपचार नपाउने अवस्था आएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

यसैबीच, जापानका चिकित्सकहरुले कोरोना संक्रमितको उपचारका लागि व्यक्तिगत सुरक्षा उपकरण पिपिईको अभाव रहेको भन्दै कोरोना भइरसबिरुद्ध लड्न जापान तयार भइनसकेको गुनासो गरेका छन् ।

कोरोना भाइरसका कारण जापानमा अहिले देशव्यापी संकटकालको घोषणा गरिएको छ । हालसम्म जापानमा १० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् भने संक्रमणबाट २ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।