कोरोना अपडेट : यस्तो छ पछिल्लो तथ्याङ्क

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख ६८ हजार नाघेको छ । संक्रमणबाट १ लाख ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । ५ लाख ८२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७ लाख १० हजार नाघेको छ भने ३७ हजार १ सयभन्दा बढीले ज्यान गुमाएका छन् । संक्रमित भएकामध्ये ६३ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाका कारण इटालीमा २२ हजार ७ सयभन्दा बढीको ज्यान गएको छ । इटालीमा एक लाख ७२ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट स्पेनमा २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी, फ्रान्समा १८ हजार ६ सय, बेलायतमा १४ हजार ५ सय, जर्मनीमा ४ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा ५ हजार १ सय, नेदरल्याण्डमा ३ हजार ६ सय, बेल्जियममा ५ हजार ४ सयभन्दा बढीको ज्यान गएको छ ।