विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको मणिपाल अस्पतालमा नि ध न

पोखरा । शुक्रवार दिउँसो होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा नि ध न भएको छ ।केही समयदेखि उनको स्वास्थ्यमा समस्या आइरहेको थियो ।

उपचारका लागि उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।उपचारका क्रममा ९आइसियु० मा भर्ना भएका थापा मगरको आज दिउँसो ३ बजे मृ त्यु भएको चिकित्सकहरुले बताएका छन् ।

खगेन्द्रको मृ त्युबारे जानकारी दिइएपनि अन्य कुरा भने खुलाइएको छैन ।यसबारे थप रिपोर्ट अस्पतालले चाँडै दिने बताएको छ ।खगेन्द्रलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो ।उनको शरिरमा हेमोग्लोबिनको कमी, सेतो र ग त आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए ।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

उनको उचाई ५७ सेन्टिमिटर रहेको छ । थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिएको थियो ।गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपोमा प्रमाणित गरिएको थियो ।जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए भने हाल वजन ५।५ किलोग्राम रहेको छ ।