कोरोना संक्रमित वडा सदस्यले अस्पतालमा बेड पाएनन, एम्बुलेन्सभित्रै मृत्यु

बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा सदस्य नवीन थापामगर सात दिनदेखि कोरोना संक्रमित थिए । सात दिनदेखि होम आइशोलेशनमा रहेका उनलाई विहीबार स्वास्थ्यमा समस्या आयो । त्यसपछि परिवारका सदस्यले उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याए ।

अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो । तर तीन वटै अस्पताल पु¥याइएपनि बेड खाली भएको जवाफ नपाएपछि एम्बुलेन्समैँ निधन भएको छ ।