डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम

काठमाडौँ – नेपाल चिकित्सक संघले अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भनदै संघले केसीको जीवन रक्षाका निम्ति कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुने चेतावनी दिएको छ ।

संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन्। वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न संघ तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

संघले आयोजना गरेका विभिन्न बैठकले केन्द्रीय कार्यकारिणी समितिलाई दिएको म्यान्डेटअनुरूप डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।