काठमाडौँ – नेपालमा आज थप ६३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या २३ हजार ९४८ पुगेको छ । पछिल्लो २४ घन्टामा १७१ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।