कोरोना भाइरसका कारण विश्वभर १० लाख मानिसको ज्यान गयो

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गएको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार दिउँसोसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा ३ करोड ३३ लाख ७ हजार १ सय ७८ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित रहेका छन् । यस्तै ब्राजिलमा पनि पछिल्लो २४ घण्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । अमेरिका, भारत, ब्राजिलपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा रसिया, कोलम्बिया पेरु, स्पेन लगायत छन् ।