काठमाडौँमा थपिए २०० संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

त्यस्तै नेपालमा आज ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । थपिएका संक्रमितमध्ये १९२ जना महिला र ५१५ जना पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये सक्रिय संक्रमित ११ हजार ५५५ जना छन् । त्यस्तै पछिल्लो २४ घन्टामा २६५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

हाल क्वारेन्टिनमा ११ हजार ७६८ जना छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ८३ जना छन् ।