प्याब्सनको कडा निर्देशन लब्धाङ्कपत्र र चारित्रिक पत्रविना भर्ना गरे सदस्यता रद्ध हुने

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले सदस्य विद्यालयले पालना गर्नुपर्ने आचारसंहितामा थप कडाइ गर्दै पालना नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने भएको छ । आचारसंहिताका मुलभूत विषयबारे स्पष्ट पार्दै प्याब्सनले आचारसंहिता पालनामा सबै सदस्य विद्यालयलाई निर्देशन दिएको छ ।

प्याब्सनले गरेको परिपत्र अनुसार आचारसंहिताका मुलभूत विषय उल्लंघन नगर्न निर्देश गरेको हो । प्याब्सनले सदस्य विद्यालयलाई भर्ना गर्दा लब्धाङक पत्र र चारित्रिक पत्र अनिवार्य लिएर विद्यालय छाड्दा सम्पूर्ण शुल्क फरफारक गरी भुक्तान गरेको आधारमा मात्र भर्ना लिन निर्देशन गरेको हो । साथै भर्ना गर्दा अनुमति प्राप्त कक्षामा मात्र भर्ना दिन वार्षिक क्यालेण्डर र शैक्षिक कार्यक्रम अनुरुप सम्बद्ध निकायको निर्देशन अनुरुप काम गर्न पनि आग्रह गरेको छ ।

शुल्क निर्धारण गर्दा अभिभावकको भेला अनुरुप गर्न पनि आग्रह गरेको छ । प्याब्सनले विद्यालय सञ्चालन विनियमावली निर्माण गरी लागु गर्न, शिक्षक कर्मचारीको वृत्ति विकास र प्राज्ञिक उन्नयनका विषयमा विनियमावलीमा उल्लेख गर्न सदस्य विद्यालयलाई सजग गराएको छ ।
हेर्नुहोस प्याब्सनको निर्देशन :