थप ३७८ जनामा कोरोना भाइरस संक्रमण, संक्रमित २२ हजार ५९२ पुगे

काठमाडौँ – नेपालमा आज थप ३७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३७८ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २२ हजार ५९२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ४९९ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

साथै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको छ ।