आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ – देशका केही स्थानहरूमा आज मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाकोसमेत सम्भावना महाशाखाको भनाइ छ ।

प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १र२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । त्यस्तै, मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।