स्पेनिश ला लिगा : बार्सिलोनाको कठीन जित

एजेन्सी – स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडसँग कठीन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १–० को कठीन जित निकाल्यो ।

बार्सिलोनाका लागि आर्टुरो भिडालले गोल गरी जित दिलाए । खेलको १५ मिनेटमा उनले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ ।