ईंग्लिस प्रिमियर लिगः लिभरपुल घरेलु मैदानमैँ जित निकाल्न असफल

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल घरेलु मैदानमैँ जित निकाल्न असफल भएको छ । गएरातको खेलमा लिभरपुल बर्नलीसँग बराबरीमा रोकियो ।

लिभरपुल बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

बराबरीपछि लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ । ५० अंकका साथ बर्नली नवौं स्थानमा रहेको छ ।