कर्माको अबको लक्ष्य सिल्बर मेम्बरसीप ग्रासरुट फुटबल

काठमाडौँ–अखिल नेपाल फुटबल संघ (एन्फा)मा कर्माछिरिङ शेर्पा नेतृत्वले गरेको उल्लेखनीय कार्यमध्ये एक थियो ग्रासरुट फुटबलको विकास । ग्रासरुट फुटबलको विकाससँगै सिल्भर मेम्बरसिप ग्रासरुट फुटबल कार्यक्रमलाई सफल भयो । आगामी दिनमा के छ त योजना ? एन्फा अध्यक्ष शेर्पा भन्छन–‘ ब्राउन्ज मेम्बरशीप पाएको एन्फामा को अबको लक्ष्य सिल्भर मेम्बरसिप हो । म आगामी नेतृत्वमा आएसँगै ती कार्यहरु हुनेछन ।’

यसका लागि चुनौती छन कि छैनन त ? उनी भन्छन–‘ त्यसका लागि चुनौती भने धेरै नै छन । यो कार्यक्रमलाई देशभर लगेर धेरै भन्दा धेरै बालबालिकालाई यसमा संलग्न गरेर चुस्त रुपमा गनुर्पपर्ने छ ।’ अध्यक्ष शेर्पाका अनुसार यसका लागि विभिन्न २० वटा विधालाई सम्हाल्नुपर्नेछ । जसमा ग्रासरुट प्रतियोगिता, संरचना, दिर्घकालिन योजना, सहकार्य लगायतका छन । यसको अर्थ ग्रासरुट प्रशिक्षण गरेर मात्र होइन, यसमा प्रतियोगिता पनि हुन आवश्यक छ । जुन उनी आगामी कार्यकालका लागि नेतृत्वमा आएसँगै बढाउने योजनामा छन ।

उनका अनुसर यी कार्यका साथै दिर्घकालिन योजना बनाएर पुर्वाधारको बिकाश र विभिन्न निकायसँग सहकार्य गर्ने पनि योजना रहेको छ । उनले भने –‘विभिन्न फेस्टिबलका साथै प्रतियोगिता गरेको खण्डमा ग्रासरुट फुटबलले अझ गति लिने विश्वास छ ।’

यसमा अहिल्यैदेखि स्थानीय सरकारलाई ग्रासरुट कार्यक्रममा कसरी जोड्ने भन्ने पनि गृहकार्य आफूहरुले गरिरहेको उनले बताए । यतिमात्र होइन, यो कार्यक्रमका बारेमा स्थानीय सरोकारवालासँग छलफल गरेर यसको प्रभावकारिताका बारेमापनि जानकारी गराइनेछ । स्थानीय सरकार, स्थानीय संस्थालाई यो कार्यक्रममा जोड्न सकेको खण्डमा यसलाई निरन्तरता दिनका लागि सजिलो हुन्छ भन्ने योजनाका साथ एन्फाले यो कदम अगाडी बढाएको उनले बताए।

स्थानीय लिडरसँग भेटेर ग्रासरुट कार्यक्रमलाई निरन्तरता दिनका लागि कसरी सहयोग पुग्छ भनेर छलफल गर्न एन्फाले योजना बनाएको छ । कोभिडका कारण जुन रुपमा ग्रासरुट फुटबल कार्यक्रमले गति लिन सकेन, त्यो गतिलाई दोब्बर पार्नका लागि एन्फाको नेतृत्व तम्तयार छ । अब यो नेतृत्वको चाहना सिल्भर मेम्बरसिप नै रहेको छ ।

एन्फामा रहेका कतिपय पदाधिकारी ग्रासरुट फुटबलको विकाश हुन सकेन भनेर आलोचना गरिरहँदा उनीहरु आफैले यो कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्नेमा ध्यान नदिएको देखिएको छ । अहिले एन्फामा रहेका धेरै जसो पदाधिकारी मुखले अरुको आलोचना गरेपनि आफ्नो जिल्लामा ग्रासरुट फुटबल गर्न समेत अगाडि तयार छैनन ।