आज ७० जनामा कोरोना संक्रमण

काठमाडौँ – नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या ८ हजार ४४२ पुगेको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएका ३८ जनाको निधन भैसकेको छ ।