बलिउड कलाकार अभिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण

काठमाडौँ – भारतीय चलचित्र कलाकार अभिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार दिग्गज कलाकार अमिताभ बच्चनलाई संक्रमण पुष्टि भएको थियो ।

अमिताभलाई संक्रमण पुष्टि भएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभमा संक्रमण देखिएपछि बच्चन परिवारमा सबैको परीक्षण गरिएको थियो । अभिषेकमा संक्रमण पुष्टि भएको हो ।

अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको उल्लेख गर्दै नआत्तिन सबैसँग अपिल गरेका छन् ।