अमर शहिद फुटबलमा नेक्ससको अपराजित यात्रा कायमैँ

काठमाडौँ– अमर शहिद फुटबल प्रतियोगितामा पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले अपराजित यात्रा कायमैँ राखेको छ । नेक्ससले एपिएस स्कुललाई आज ४–० गोल अन्तरले पराजित ग-यो ।

प्रतियोगिता अन्तर्गत अर्को खेलमा नेक्ससले नेचर स्कुलमाथि २–० गोल अन्तरले जित हासिल गर्यो । यसअघि उद्घाटन खेलमा नेक्ससले शानदार सुरुवात गरेको थियो ।

नेक्ससले आयोजक अमर सहिद स्कुललाई २–० गोलले पराजित गरेको थियो भने अक्षरा स्कुलविरुद्ध १०–० को जित हासिल गरेको थियो।