ललितपुर इक्यान एजुकेशन फेयर २०२२ सुरु

ललितपुर- ललितपुरमा अन्तर्राष्ट्रिय शैक्षिक सस्थाहरु र राष्ट्रिय शैक्षिक संस्थाहरुको सहभागितामा ३ दिने शैक्षिक मेला सुरु भएको छ । Dream Education hand in hand भन्ने मुल नाराका साथ एकेडमी अफ कुलिनरी आर्टस एन्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रिजेन्स अस्ट्रेलियन नेशनल इन्स्टिच्युट अफ एजुकेसन, ई क्यान ललितपुर एजुकेशन फेयर सुरु भएको हो ।

कार्यक्रममा सभापति तथा ललितपुर इक्यानका अध्यक्ष उपेन्द्र देव ढकाल, विशेष अतिथि ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यों, ललितपुर एनप्याब्सनका अध्यक्ष तारा सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष बिष्णु हरि पाण्डे, केन्द्रीय प्रथम उपाध्यक्ष देवी दास भट्टराई, केन्द्रीय तृतीय उपाध्यक्ष कृष्ण केसी, केन्द्रीय महासचिव दीपक भुसाल, केन्द्रीय सचिव बासुदेब दाहाल, चितवन इक्यानका अध्यक्ष समुद्र अर्याल, ब्रिटिस काउन्सिलकी प्रतिनीधी कृष्टीना कङ्शाकार, एकेडेमी अफ कुलिनरी आर्ट्स एण्ड हस्पिटालीटी मेनेजमेन्टका चेयरम्यान अशेष महर्जन, लगायत अष्ट्रेलिया, युके, यु यस ए, क्यानडा, न्युजल्याण्ड, स्पेन, इन्डिया लगायत उत्कृष्ट शैक्षिक गन्तव्यका युनिभर्सिटी, कलेज तथा इष्टीच्यूटहरूको नेपाल प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो।

शैक्षिक मेलाको समुद्घाटन समारोहमा उपस्थित सम्पूर्ण अतिथि, प्रोभाईडर, मिडिया र समग्र इक्यानीयनहरूलाई ललितपुर इक्यानका उपाध्यक्ष अरबिन्द सिङले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। ललितपुर इक्यानका निवर्तमान अध्यक्ष सुरेन्द्र पोख्रेलले ललितपुर इक्यानको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि यो शैक्षिक मेला निकै उपयोगी हुने र ललितपुरमै यो अवसर पाउनु ललितपुर बासीका लागि अनुपम उपहार रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष मनोज बहादुर न्याछ्योंले जानकारी दिनुभयो । त्यसक्रममा उहाँले शैक्षिक मेलाको सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो।

मन्तव्य र शुभकामना कै क्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले इक्यानका हरेक शाखाका शैक्षिक मेला र क्रियाकलाप उत्कृष्ट र विशेष हुनुपर्नेमा जोड दिनुभयो । इक्यान यसका लागि जुनसुकै पहल गर्न पछि नपर्ने उहाँको भनाई थियो । उहाँले तीनदिने शैक्षिक मेला भब्य, सभ्य र मर्यादित बनाउन शुभकामना र उत्पेरणा प्रदान गर्नु भयो।

शैक्षिक मेलाको आकर्षणमा करीयर वर्क सप, स्कलरसीप र पहिलो हजार विद्यार्थीहरूलाई एट्राक्टीभ गिफ्ट ह्यामपर र क्यु एफ एक्स् टिकटको समेत व्यवस्था गरियको छ । लगनखेलको एकेडमी अफ कुलिनरी आर्टमा श्रावण २० गते देखि २२ गतेसम्म तदनुसार अगस्ट ५ तारिख देखि ७ तारिख सम्म विहान १० वजे देखि वेलुकी ५ बजेसम्म शैक्षिक मेलामा पहिलो दिन पैँतीस सय एकहत्तर जना विद्यार्थी र अभिभावकहरूले मेला अवलोकन गरेको ललितपुर ईक्यानका अध्यक्ष उपेन्द्र देव ढकालले जानकारी गराउनु भयो।

शैक्षिक मेलाको पहिलो दिन अत्यधिक सफल रहेको र आगामी दुई दिन शनिबार र आइतबार पनि विद्यार्थीहरूलाई मेला सफल बनाउन ललितपुर इक्यानका पुर्ब अध्यक्ष तथा शैक्षिक मेलाका संयोजक प्रकाश महतले आग्रह गर्नुभयो ।