प्याब्सन काठमाडौँ मेट्रो कपमा नेक्ससको शानदार जित

काठमाडौँ – प्याब्सन काठमाडौँ मेट्रो कप २०७९ मा नेक्सस इन्टरनेशनल एकेडेमीले शानदार जित निकालेको छ । नेक्ससले सनसाइन स्कुललाई १२–० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा नेक्ससका राज मगरले ३ गोल, डिलन लिम्बुले ३ गोल, किशोर दनुवारले २ गोल गरे । डानियल सेनले एक, मनिष बरियाले १, अनिश थापामगरले १, एकराज बिकेले १ गोल गरेका थिए ।