एनसिसीएस स्टार सेफ सम्पन्न

काठमाडौँ- गुणस्तरीय शिक्षा बाट नै आफ्नो नाम उच्च बनाउन सफल नेशनल कलेज अफ कम्प्युटर स्टडिजले हालसालै युनिभर्सिटी ग्राण्ड कमिसनले प्रदान गर्ने A QUALITY CERTIFIED INSTITUTION एक्रीडीएसन प्राप्त गर्न सफल भएको छ। भौतिक पूर्वाधार, शिक्षण पद्धति र निरन्तर बिकासका कारण एन सि सि एस ISO 2001:2015 CERTIFIED शैक्षिक संस्था समेत रहेको छ।

नियमित शैक्षिक क्यालेन्डर बाहेक ज्ञान, सिप र दक्षता अभिवृद्धि गर्ने खाल्का क्रियाकलापले एन सि सि एस लाई सधै प्रीथक र उत्कृष्ट बनाएको छ। यसै बिभिन्न कृयाकलाप मध्य NCCS STAR CHEF COMPETITION पनि करियर फोकस इभेन्ट रहेकोछ। समय, प्रस्तुति, खानाको सजावट र स्वादका आधारमा उत्कृष्ट समुह छानिने प्रतिस्पर्धाबाट बिध्यार्थीहरूमा टिममा काम गर्ने, समयको सदुपयोग, नेतृत्व विकास र हस्पिटालिटी इन्डस्ट्रीको ज्ञान, सीप र दक्षता बिकास होस् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

एन सि सि एसले आयोजना गरेको BHM COOKING COMPETITION मा आफ्नै कलेजका 11 समूहले सहभागिता जनाएका थिए। माच्छापुच्छे, लोप्से, मकालु, कैलाश, धौलागिरि, कञ्चनजङ्गा, अन्नपूर्ण, नुप्से, माद्री हिमाल, मनास्लु र एभरेस्ट गरी 11 समूहले पहिलो प्रतिस्पर्धामा आफ्नो खाना तयार गरी प्रस्तुत गरेका थिए। त्यसैगरी दोस्रो प्रतिस्पर्धामा अन्नपूर्ण, एभरेष्ट, धौलागिरी, माछापुच्छे, लोत्से र मनास्लु छनोटमा परी तिन कोर्ष मिन्युमा साढे दुई घणटाको समय दिएको थियो। उक्त प्रतिस्पर्धाबाट उत्कृष्ट तीन समूह छानिएका छन् । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै जुरी कमिटीका सेफ पदम आले मगरले एन सि सि एस स्टार सेफ कम्पिटिसनलाई सफल बनाउने सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै सहभागी विद्यार्थीहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभएको थियो।

बिजयी विद्यार्थी समूहको नाम घोषणा गर्नुअघि सम्पुर्ण सहभागी टिमहरू लाई सम्मान स्वरुप कलेजले सहभागिताको प्रमाणपत्र प्रदान गरीएको थियो। एन सि सि एस स्टार सेफ कम्पिटिसनमा तेस्रो हुन सफल टिमको नाम घोषणा गर्दै जुरी समूहका सेफ शुशिल मानन्धरले स्टेजमा विद्यार्थीलाई आमन्त्रण गर्नु भएको थियो। तेस्रो हुन सफल समूहकी अलीसा गुरुङ र बिमला गुरूङलाई आकर्षक पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

यसैगरी दोस्रो बिजयी विद्यार्थी समूहलाई आमन्त्रण गर्दै जुरी समूहका सेफ रामकृष्ण श्रेष्ठले विद्यार्थी समुहलाई स्टेजमा आमन्त्रण गर्नु भयो। दोस्रो बिजयी समूहका अनिमा महर्जन र रिता बज्राचार्यलाई सेफ रामकृष्ण श्रेष्ठले आकर्षक पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। त्यसैगरी एन सि सि एस स्टार सेफ कम्पिटिसनको प्रथम स्थान हासिल गर्न सफल समूहको नाम घोषणा गर्दै जुरी समुहका सेफ पदम आले मगरले प्रथम विद्यार्थी समुहलाई स्टेजमा आमन्त्रण गर्नु भयो। प्रथम बन्न सफल अन्नपूर्ण समूहका ममता गुरुङ र तासीङ शेर्पालाई सेफ पदम आले मगरले आकर्षक पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

एन सि सि एस स्टार सेफ कम्पिटिसन सफल बनाउने सम्पूर्ण हातहरुलाई धन्यवाद व्यक्त गर्दै कलेजका भाइस प्रिन्सिपल सन्तोष राज मास्केले सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै कार्यक्रमलाई सफल बनाउने सहयोगी हातहरुलाई धन्यवाद स्वरूप मायाको चिनो समेत प्रदान गर्नुभएको थियो। साथै उहाँले कार्यक्रमको अन्त्यमा एन सि सि एस स्टार सेफ कम्पिटिसनको दोस्रो श्रृङ्खला अन्तर कलेज कम्पिटिसनको रुपमा देशभरिका कलेजहरू सहभागी गराउने योजना भएको समेत घोषणा गर्नुभयो। यस प्रतीयोगीताको सम्पुर्ण एपीसोड हरेक शाता बिहीबार साँझ न्युज २४ टेलीभिजन बाट प्रसारण भईरहेको छ।