शिक्षक कर्मचारीको पोसाक परिवर्तन हुने

काठमाडौँ विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पोसाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दे शिक्षक कर्मचारीहरुको ड्रेस परिवर्तनको जानकारी दिएको हो ।

केन्द्रले जारी गरेको सूचनामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हाल प्रचालनमा रहेको विद्यालय पोशाक परिवर्तन गर्न नेपाल शिक्षक महासंघबाट आग्रह गरीएकाले ड्रेस परिवर्तन गरीएको केन्द्रले जानकारी दिएको छ । पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट प्राप्त गर्न सकिने समेत जनाएको छ ।