सिटी विश्वविद्यालयले २५ करोड छात्रवृत्ति दिने

काठमाडौँ– भारतको सिटी विश्वविद्यालयले नेपाल लगायत विभिन्न देशका विद्यार्थीलाइ २५ करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । विश्वविद्यालयको एक प्रतिनिधिमण्डलले पत्रकार सम्मेलन गरी छात्रवृत्तिबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति चरणजीत सिंह चान्निले विद्यार्थीलार्इ उनीहरुको योग्यता अनुरुप छात्रवृत्ति दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘ सिटी विश्वविद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्तिमा अध्ययन अनि शैक्षिक उपाधिसँगै इन्टर्नसीप र क्षमता अभिवृद्धिको पनि अवसर दिन्छ ।’

सिटी विश्वविद्यालयको प्रतिनिधि मण्डलले राजधानी काठमाडौँमा उच्च शिक्षा अध्ययनबारे अन्तर्क्रियासमेत गरेको छ ।