काठमाडौँमा थपिए १४१६ संक्रमित

काठमाडौँ – उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।