विश्वमा कोरोना संक्रमित ३ करोड ४१ लाख पुगे

काठमाडौँ – विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो ।

त्यस्तै बितेको २४ घण्टामा ६ हजार १८४ संक्रमितको ज्यान गएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको छ ।

विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । अहिलेसम्म २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् ।

वल्डो मिटर्सलेको तथ्यांक अनुसार बिहीबार विहान यो समाचार तयार पार्दासम्म सबैभन्दा धेरै संक्रमण अमेरिकामा छन् । अमेरिकामा २४ घण्टामा ४० हजार ९२० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७४ लाख ४७ हजार २७३ छ । २ लाख ११ हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा एकैदिन ८६ हजार ७४८ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १० हजार २६७ छ । ९८ हजार ७०८ जनाले ज्यान गुमाएका छन् ।