काठमाडौँ उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा ७११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७११ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

उनका अनुसार काठमाडौंमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, नेपालमा आज थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।