थप ११ जनाको मृत्यु, १२०४ जनामा संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा आज थप १ हजार २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २०४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६२ हजार ७९७ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा १४४७ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।

थप ११ जनाको मृत्यु

नेपालमा आज थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरकी ६५ वर्षीय एक महिला, रौतहटकी ५१ वर्षीय एक महिला, सर्लाहीकी ५६ वर्षीय एक महिला, ललितपुरकी ७६ र ६८ वर्षीय दुई महिला र ६० वर्षीय एक पुरुष, काठमाडौँकी ७७ वर्षीय एक महिला र ७५ वर्षीय एक पुरुष, मकवानपुरकी ३७ वर्षीय एक महिला, रुपन्देहीका ६९ वर्षीय एक पुरुष र बाँकेका ४५ वर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।