नेपालमा दैनिक बढ्दै कोरोना संक्रमित, २४ घण्टामा १०१६ जनामा संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०१६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार थप ७ जनाको कोरोनाले मृत्यु पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।